+
फिफा विश्वकप २०२६ :

कुन्हाको गोलमा ब्राजिललाई अग्रता

२०८३ असार  ६ गते ६:५० २०८३ असार ६ गते ६:५०

फिलाडेल्फिया स्टेडियममा जारी खेलमा म्याथियस कुन्हाको गोलमार्फत ब्राजिलले अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत फिलाडेल्फियामा जारी खेलमा ब्राजिलले म्याथियस कुन्हाको गोलमार्फत हाइटीविरुद्ध अग्रता लिएको छ ।
  • खेलको २३औं मिनेटमा कुन्हाले गोल गरेका हुन् भने यसअघि १२औं मिनेटमा राफिन्हाले गरेको गोलले मान्यता पाएन ।
  • यसअघि पहिलो खेलमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकिँदा हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो ।

६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा ब्राजिलले हाइटीविरुद्ध अग्रता लिएको छ ।

फिलाडेल्फिया स्टेडियममा जारी खेलमा म्याथियस कुन्हाको गोलमार्फत ब्राजिलले अग्रता लिएको हो । म्याथियसले खेलको २३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

यसअघि खेलको १२औं मिनेटमा ब्राजिलका राफिन्हाले गोल गरेपनि अफसाइड हुँदा मान्यता पाएन । ३० मिनेटको खेल सकिँदा ब्राजिलले हाइटीमाथि दबाब सिर्जना गरिरहेको छ ।

पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेल्दा हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय