News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
- बा.२ ख ६४३८ नम्बरको बस असार ६ गते बिहान ९ बजे सडकबाट करिब २५ मिटर तल खसेको हो ।
- घाइतेहरूलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएका छन् ।
६ असार, उदयपुर । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
बा.२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ।
-अभिमन्यु लामिछाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4