+
+
Shares

प्रधानमन्त्रीले फेसबुकमा देखाए मकालुको सौन्दर्य, सार्वजनिक गरे १७ दिने ट्रेक तालिका

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते ११:०१

६ असार काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका छन् ।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो अपलोड गर्दै १७ दिनको मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री बालेनले फेसबुममा मकालु–बरुण उपत्यकालाई पूर्वी नेपालको आकर्षक हिमाली गन्तव्यका रूपमा चित्रण गरेका छन् ।

उक्त क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा हिमाली दृश्यावलोकनका दृष्टिले नेपालको महत्वपूर्ण पर्यटकीय सम्पत्ति भएको पनि उनले उल्लेख गरेका छन् ।

सार्वजनिक तालिकमा ट्रेकको सुरुवात काठमाडौंबाट तुम्लिङटार हुँदै नुमबाट पदयात्रा सुरु हुने र ४ हजार ८७० मिटर उचाइमा रहेको मकालु बेस क्याम्पसम्म पुगिने उल्लेख छ ।

प्रधानमन्त्रीले मकालु–बरुण राष्ट्रिय निकुञ्ज, बरुण उपत्यका, शिवधारा झरना, लाङ्माले खर्क तथा मकालु बेस क्याम्पका मनोरम दृश्यहरू स्टाटसमार्फत प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई उक्त क्षेत्र भ्रमण गर्न आग्रह गरेका छन् ।

उनले ट्रेकलाई चुनौतीपूर्ण भए पनि नेपालको सबैभन्दा आकर्षक र कम भीडभाड हुने हिमाली पदमार्गका रूपमा वर्णन गरेका छन् । उनले वसन्त (मार्च–मे) र शरद् (सेप्टेम्बर–नोभेम्बर) ऋतुलाई ट्रेकका लागि उपयुक्त समय बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?