+
+
Shares

कांग्रेस संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते ११:१७
फाइल तस्वीर

६ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो ।

दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम–कारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुने छ ।

मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्को निर्णय तथा सरकारकोे काम–कारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन् ।

बैठकमा संसदीय समितिका गतिविधि, संसद्मा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?