+
+
Shares

कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १५:४८

६ असार, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

​बगनासकाली गाउँपालिका–६ शिखरडाँडाका २४ वर्षीय का पुजन गाहा सहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

शनिबार बिहान कालीगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनीसँगै डुबेर बेपत्ता भएका १४ वर्षीय शिशिर गाहाको शव शुक्रबार नै फेला परिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?