+
+
Shares

नेपालिज सोसाइटी सिंगापुरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालिज सोसाइटी सिंगापुरको १७औं वार्षिक साधारण सभाले इन्द्रबहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
  • नवगठित कार्यसमितिको उपाध्यक्षमा घनश्याम अर्याल, महासचिवमा किपा श्रेष्ठ, कोषाध्यक्षमा बत्सलकुमार नेम्कुल र सचिवमा शैलेशविक्रम थापा चयन भएका छन्।
  • नयाँ कार्यसमितिले सिंगापुरमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र नेपाली कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।

६ असार, काठमाडौं । नेपालिज सोसाइटी सिंगापुरको नयाँ कार्यसमिति चयन भएको छ ।

सोसाइटीको शनिबार भएको १७औं वार्षिक साधारण सभाबाट आगामी दुई वर्षे कार्यकालका लागि इन्द्र बहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।

सर्वसम्मत रुपमा साधारण सभाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको घोषणा गरेको छ ।

त्यस्तै, सोसाइटीको उपाध्यक्षमा घनश्याम अर्याल, महासचिवमा किपा श्रेष्ठ, कोषाध्यक्षमा बत्सल कुमार नेम्कुल, सचिवमा शैलेश विक्रम थापा चयन भएका छन् ।

यसअघि सोसाइटीको अध्यक्षमा प्रभाकर पराजुली (किरण) रहेका थिए ।

त्यस्तै, कार्यसमितिको सदस्यहरूमा डा. कृष्ण गोपाल डङ्गोल, डा. रञ्जना आचार्य, मौसमी के.सी, विपिन बहादुर खत्री, विनिता अग्रवाल, सुनिल शर्मा खराल, रोबर्ट विश्वकर्मा (एनआरएन आईसीसी) चयन भएका छन् ।

नवगठित कार्यसमितिले सिंगापुरमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त पनि गरेको छ ।

यसका साथै, नवनिर्वाचित अध्यक्ष गुरुङले सबैप्रति धन्यवाद ज्ञापन गर्दै सबैको सहकार्यमा समाजलाई थप सशक्त बनाउने विश्वास दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?