+
+
Shares

खेतमा काम गरिरहेका मजदुरको मृत्यु

सिरहाको लहान नगरपालिका–२४ मा खेतमा काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते २०:०३

६ असार, सिरहा । सिरहाको लहान नगरपालिका–२४ मा खेतमा काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–१४ का ५८ वर्षीय फागु सदा रहेका छन् ।

शनिबार साँझ करिब पौने ७ बजे स्थानीय देवु यादवको खेतबारीमा एक व्यक्ति मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे अनुसन्धान गर्दा फागु सदा खेतमा काम गर्ने क्रममा अचानक लडेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिए ।

त्यसपछि उनको त्यही मृत्यु भएको उनले बताए । प्रारम्भिक अनुसन्धानमा उनी छारे रोगका बिरामी रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धानका गरिरहेको बताएको छ । मृत्युको यथार्थ कारण थप अनुसन्धानपछि खुल्ने प्रहरीले प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?