News Summary
Generated by OK AI. Editorially reviewed.- अटोमोबाइल निर्माता कम्पनी जीडब्लूएमले आफ्नो स्थापनाको ३५औं वर्षगाँठ मनाउँदै विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरेको जानकारी दिएको छ।
- नेपाल दक्षिण एसियाली बजार विस्तारको महत्त्वपूर्ण कडीका रूपमा रहेको र यहाँ भीजी इम्पेक्स प्रालि जीडब्लूएमको आधिकारिक आयातकर्ता रहेको छ।
- कम्पनीले नेपाली सडक र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै नेपाली बजारमा चाँडै नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ।
७ असार, काठमाडौं । विश्वप्रसिद्ध अटोमोबाइल निर्माता कम्पनी जीडब्लूएम (ग्रेट वाल मोटर) ले आफ्नो स्थापनाको ३५औं वर्षगाँठका अवसरमा अन्तर्राष्ट्रिय विस्तार यात्राका महत्त्वपूर्ण उपलब्धि सार्वजनिक गरेको छ।
सानो स्वदेशी अटोमोबाइल कम्पनीका रूपमा सुरु भएको जीडब्लूएम आज विश्वका १७० भन्दा बढी देशमा आफ्नो उपस्थिति स्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ। मध्यपूर्वमा पहिलो निर्यातबाट सुरु भएको कम्पनीको विश्वव्यापी यात्रा क्रमशः युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, युरेसिया हुँदै थाइल्यान्ड, जर्मनी, ब्राजिल र मेक्सिकोसम्म विस्तार भएको छ।
जीडब्लूएमले आफ्नो विकास यात्रामा प्रविधिगत नवप्रवर्तनलाई सधैं केन्द्रमा राखेको बताएको छ। कम्पनीका प्रमुख पाँच ब्रान्ड हाभल, वे, ट्यांक, ओरा र पोअरले विभिन्न वर्गका ग्राहकका आवश्यकता पूरा गर्ने विविध उत्पादन पोर्टफोलियो निर्माण गरेका छन् । कम्पनीका अनुसार हाभल एसयूभीको विश्वव्यापी सञ्चित बिक्री ५० लाख इकाइभन्दा बढी पुगिसकेको छ।
नयाँ ऊर्जा तथा अफ–रोड प्रविधिको क्षेत्रमा समेत कम्पनीले उल्लेखनीय प्रगति गरेको छ। अत्याधुनिक हाइ–फोर प्रविधिको सार्वजनीकीकरण तथा ब्राजिलमा स्थानीय उत्पादन प्लान्ट स्थापना जस्ता कदमले जीडब्लूएमलाई दिगो र स्मार्ट गतिशीलताको क्षेत्रमा अग्रणी स्थानमा पुर्याएको कम्पनीको दाबी छ। विश्वभरका ग्राहकहरूको विश्वासका आधारमा कम्पनीले हालसम्म १ करोडभन्दा बढी सवारीसाधन बिक्री गर्न सफल भएको जनाएको छ।
कम्पनीको विद्युतीय सवारी ब्रान्ड ओराले आफ्नो विशिष्ट र भावनात्मक डिजाइन शैलीका कारण अन्तर्राष्ट्रिय बजारमा विशेष लोकप्रियता हासिल गरेको छ। रेट्रो–फ्युचरिस्टिक डिजाइन अवधारणामा आधारित ओरा ब्रान्डले प्रविधि र सौन्दर्यलाई संयोजन गर्दै ग्राहकको मन जित्न सफल भएको कम्पनीले जनाएको छ। ओरा ब्रान्डले ‘बेस्ट डिजाइन’ सहित विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेको छ।
यसैबीच, जीडब्लूएमले हालै ‘टेक टू इन्जोय एभ्री जर्नी’ भन्ने नयाँ नारा सार्वजनिक गरेको छ। ‘अल सिनेरिओज, अल पावरट्रेन्स, अल युजर्स’ अवधारणामा आधारित यो रणनीतिले विश्वभरका ग्राहकलाई दिगो र व्यवहारिक मूल्य प्रदान गर्ने कम्पनीको प्रतिबद्धता झल्काउने बताइएको छ।
विश्वव्यापी विस्तार अभियानअन्तर्गत जीडब्लूएम नेपाली बजारमा पनि उपलब्ध भएको छ । कम्पनीका अनुसार नेपाल दक्षिण एसियाली बजार विस्तारको महत्वपूर्ण कडीका रूपमा रहेको छ। नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता भीजी इम्पेक्स प्रालि रहेको छ।
कम्पनीले नेपाली बजारमा चाँडै नयाँ विद्युतीय एसयूभी (ईभी एसयूभी) सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। अत्याधुनिक विद्युतीय प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा स्मार्ट फिचरयुक्त उक्त सवारी नेपाली सडक र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर ल्याउन लागिएको कम्पनीको भनाइ छ।
प्रतिक्रिया 4