+
+
Shares

१२ कक्षाको नतिजामा भएको त्रुटि सच्याउन परीक्षा बोर्डसँग अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनेरास्ववियुले कक्षा १२ को नतिजामा देखिएको त्रुटि र रिटोटलिङ प्रक्रियामा विद्यार्थीले भोग्नुपरेको समस्याप्रति राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ ।
  • सङ्गठनले नतिजासम्बन्धी गुनासोको यथाशीघ्र छानबिन गरी आवश्यक सुधार गर्न राष्ट्रिय परीक्षा बोर्डसमक्ष जोडदार माग गरेको छ ।

७ असार, काठमाडौं ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजामा भएको त्रुटि तथा रिटोटलिङ प्रक्रियामा विद्यार्थीहरूले भोग्नु परेको अप्ठ्याराप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

१२ कक्षाको परीक्षाको नतिजामा देखिएका त्रुटि तथा रिटोटलिङका विषयमा विभिन्न गुनासाहरू आएको भन्दै अनेरास्ववियुले विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको जनाएको हो ।

‘परीक्षाको नतिजा विद्यार्थीहरूको शैक्षिक भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएकाले उक्त विषयले विद्यार्थीहरूमा अन्योल, मानसिक तनाव तथा भविष्यप्रति असुरक्षा सिर्जना गरेका कारण हामी राष्ट्रिय परीक्षा बोर्डसमक्ष नतिजासम्बन्धी उठेका गुनासोहरू यथाशीघ्र छानबिन गरी आवश्यक सुधार गर्न, रिटोटलिङ प्रक्रियालाई थप सरल, पारदर्शी तथा सहुलियतपूर्ण बनाउन जोडदार माग गर्दैछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?