+
+
Shares

बालेनले राजा ल्याउँछ भनेर राप्रपाको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन

बालेनले राजा ल्याउँछ भनेर राप्रपालाई भोट नदिइ आफ्नो भोटरहरूले रास्वपालाई भोट दिएको उनको भनाइ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको मतमा राजा ल्याउनुपर्छ भन्नेहरूको पनि योगदान रहेको दाबी गरेका छन् ।
  • चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको चाहना सम्बोधन गर्न सो पार्टीलाई आग्रह गरे ।
  • उनले 'प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ' भनी बताए ।

७ असार, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको भोटमा राजा ल्याउनुपर्छ भन्नेहरूको पनि मत रहेको टिप्पणी गरेका छन् ।

चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

बालेनले राजा ल्याउँछ भनेर राप्रपालाई भोट नदिइ आफ्नो भोटरहरूले रास्वपालाई भोट दिएको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,’ लिङ्देनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिने मान्छे पनि छन् ।’

रास्वपालाई विशिष्ट जिम्मेवारी रहेको भन्दै उनले भने, ‘त्यसकारण तपाईंहरूको विशिष्ट जिम्मेवारी छ । जनताको यो चाहनालाई सम्बोधन गर्नुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?