+
+
Shares

बाबुरामको प्रश्न– के ललिपप खाने मैले यो उमेरमा ?

उनले भने, ‘म सारा जीवन मर्न हिंडेको मान्छे के ललिपप खाने ? सबैथोक प्राप्त गरेको मान्छे, प्रधानमन्त्री भएको मान्छे, के ललिपप खाने मैले यो उमेरमा ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको प्रथम महाधिवेशनमा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि सोही पार्टी भएको बताउनुभएको छ ।
  • भट्टराईले भन्नुभयो, “अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु ।”
  • आलोचकहरूलाई लक्षित गर्दै उहाँले भन्नुभयो, “म सारा जीवन मर्न हिंडेको मान्छे के ललिपप खाने ?”

७ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा रहेको बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु,’ उनले भने ।

आफूले यस्तो भन्दा के पाउन लाग्यो र के ललिपप पायो भन्दै टिप्पणी हुने गरेको भन्दै उनले आलोचना गरे ।

‘त्यसो भन्दा हाम्रो समाज अत्यन्तै न्युनस्तरको छ, अब यसले के पाउन लाग्यो, के ललिपप देखाइदियो भन्छन्,’ उनले भने, ‘म सारा जीवन मर्न हिंडेको मान्छे के ललिपप खाने ? सबैथोक प्राप्त गरेको मान्छे, प्रधानमन्त्री भएको मान्छे, के ललिपप खाने मैले यो उमेरमा ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?