+
+
Shares

प्रधानमन्त्री बालेन शाहबाट हात्ती प्रजनन केन्द्रको निरीक्षण   

रासस रासस
२०८३ असार ८ गते १४:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले ८ असारमा चितवनको सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गरेका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिन चितवन पुगेका शाहले केन्द्रको अवलोकन गरेका हुन् ।
  • हाल खोरसोरस्थित तालिम केन्द्रमा ९ वटा माउ र ७ वटा हात्तीका छावा रहेका छन् ।

८ असार, चितवन  । प्रधानमन्त्री बालेन शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् ।

प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?