News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा दक्षिण कोरियाबाट फर्केका तीन जना युवाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
- केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेहरूमा पार्टीको विभिन्न विभागमा क्रियाशील यदु कुमार गिरी, प्रदीप तिमल्सेना र यम श्रेष्ठ रहेका छन् ।
- भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत सोमबार बिहान ८:३० बजे शुरू हुने भनिएको बन्द सत्र दिउँसो २ बजेसम्म शुरू हुन सकेन ।
८ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा दक्षिण कोरियाबाट फर्केका तीन जनाले उम्मेदवारी दिने भएका छन् ।
रास्वपा गठन हुनुअघि सभापति रवि लामिछाने सञ्चारकर्मी हुँदादेखि नै निकट रहेर तीन युवाले केन्द्रीय सदस्यको उम्मेदवारको घोषणा गरेका हुन् ।
यदु कुमार गिरी, प्रदीप तिमल्सेना (साजन) र यम श्रेष्ठले केन्द्रीय सदस्यको उम्मेवारी घोषणा गरेका हुन् । यदु कुमार गिरी हाल पार्टीको श्रम तथा उपभोक्ता हित विभागमा छन् । साजन सम्पर्क विभागका समन्वय प्रमुख छन् । यम श्रेष्ठ प्रवास विभाग सदस्य छन् ।
चितवनको भरतपुरमा राश्वापाको पहिलो महाधिवेशन आइतबार देखि जारी छ । दोस्रो दिनको कार्यतालिका अनुसार सोमबार बन्द सत्र र उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची छ।
बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्र दिउँसो २ बजेसम्म सुरु हुन सकेको छैन ।
प्रतिक्रिया 4