+
+
Shares

मधेशका मुख्यमन्त्री सचिवालयका कर्मचारीले पाए रोकिएको तलब 

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सचिवालयका कर्मचारीको रोकिएको तलब भत्ता उपलब्ध गराइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सचिवालयका १४ जना कर्मचारीको चार महिनादेखि रोकिएको तलबभत्ता उपलब्ध गराइएको छ ।
  • संघीय सरकारको खर्च कटौतीको परिपत्र देखाएर प्रदेशका कर्मचारीले मुख्यमन्त्रीको सचिवालयका कर्मचारीको तलबभत्ता रोकेका थिए ।
  • गत २६ जेठको मन्त्रिपरिषद् बैठकले प्रदेशकै ऐनअनुसार तलब उपलब्ध गराउने निर्णय गरेपछि सो रकम निकासा भएको हो ।

८ असार,  जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सचिवालयका कर्मचारीको रोकिएको तलब भत्ता उपलब्ध गराइएको छ । सचिवालयका १४ जना कर्मचारीको तलबभत्ता उपलब्ध गराइएको मुख्यमन्त्री कार्यालयले जाएको छ ।

१९ मंसिरमा मुख्यमन्त्री बनेपछि यादवले आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक, कास लगायत गरी १० कर्मचारी नियुक्त गरेका थिए ।

जेनजी आन्दोलन पश्चात संघीय सरकारले जारी गरेको परिपत्रलाई आधार बनाएर कर्मचारीले उनीहरूको तलबभत्ता चार महिनादेखि रोकेको थियो । तर १० जना कर्मचारीको तलब रोक्दा अहिले मुख्यमन्त्रीको सचिवालयका १४ जना कर्मचारीको तलब खुवाउनु परेको छ ।

गत २६ जेठमा बसेको मधेश सरकारको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ अनुसार तलब उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त ऐनमा मुख्यमन्त्रीको सचिवालयमा स्वकीय सचिवसहित १४ जनासम्म राख्न पाउने व्यवस्था छ । यसपटक मुख्यमन्त्रीले थप चारजना थपेर उनीहरूको पति तलबभत्ता निकासा गराएका छन् ।

जेनजी आन्दोलन पश्चात नेपाल सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तीनै तहको सरकारले गर्नुपर्ने खर्च कटौतीबारे निर्णय गरेको थियो । सो पत्र अनुसार नेपाल सरकारको अर्थ मन्त्रालयले ७ असोजमा तीनै तहको सरकारलाई गरेको परिपत्रको बुँदा नम्बर ५ को (ट) मा ‘नेपाल सरकार, प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको सचिवालयमा बढीमा तीनजना मात्र नियुक्त गर्न सक्ने’ उल्लेख गरेको थियो । त्यसलाई आधार बनाउँदै मुख्यमन्त्री कार्यालयका कर्मचारीले सचिवालयका तीनजनाको मात्र तलब बुखाउन सकिने, त्यस भन्दा बढीको खुवाउन मानेका थिएनन् । लेखाशाखाबाट फाइलसमेत फिर्ता पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?