+
+
Shares

रास्वपा महाधिवेशन : अहिले ७ बजेदेखि प्रतिनिधिलाई कार्ड बाडिँने, भोलि बिहान बन्द सत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत आज शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधिको विवादका कारण भोलिलाई सारिएको छ ।
  • रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजसम्म तीन हजार कार्ड छपाइ भइसकेका छन् ।
  • निर्वाचन आयोगका प्रमुख भुवन केसीले भने, ‘भोलि बिहानबाट बन्द सत्र सुरु हुन्छ’ ।

८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र भोलिलाई सारिएको छ । प्रतिनिधिको विवादलाई लिएर ढिलाइ हुन पुगेको बताइएको छ ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजसम्म तीन हजार कार्ड छपाइ भएका छन् । छापिएका कार्डहरू अहिले साँझ ७ बजेबाट बाँड्न सुरु गरिने उनले बताए ।

बाँकी कार्ड भोलि बाँड्ने उनले जानकारी दिए । ‘भोलि बिहानबाट बन्द सत्र सुरु हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?