+
+
Shares

रास्वपा महाधिवेशन पर्सिसम्म चल्ने

सोमबार साँझ प्रवक्ता मनिष झाले महाधिवेशन असार १० गते(बुधबार)सम्म चल्ने जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १९:०४

८ असार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशनको समय लम्बिने भएको छ । सोमबार साँझ प्रवक्ता मनिष झाले महाधिवेशन असार १० गते(बुधबार)सम्म चल्ने जानकारी दिए ।

यसअघि आइतबारबाट सुरु भएको महाधिवेशन सोमबार र मंगलबारगरी तीन दिनसम्म चल्ने भनिएको थियो ।

जसअनुसार आइतबार उद्घाटन समारोह सम्पन्न भएको थियो ।

तर, सोमबार सुरु हुने भनिएको बन्दसत्र सुरु नै हुन सकेन् । प्रतिनिधिको विवाद समाधानमा ढिलाइ हुँदा बन्द सत्र सुरु हुन नसकेपछि आजलाई स्थगित गरेर भोलि(मंगलबार) मात्रै सुरु हुने भनिएको छ ।

बन्द सत्रको कार्यक्रम पर सर्ने अवस्था सिर्जना भएपछि महाधिवेशनको अवधि पनि थप गरिएको प्रवक्ता झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?