+
+
Shares

आचारसंहिता विपरीत गतिविधि नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते २०:४३

८ असार, काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो समय केही व्यक्तिहरूले पत्रकार परिचयपत्र तथा सम्बन्धित निकायको अनुमति बिना विभिन्न कार्यालय, शैक्षिक संस्था र कार्यक्रममा प्रवेश गरी अमर्यादित तथा गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्ने गरेको भन्दै त्यस्ता गतिविधि नगर्न ध्यानकर्षण गराएको छ ।

दुर्व्यवहारजन्य गतिविधिमा संलग्न हुने तथा विवाद र हातपातका घटनासमेत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै काउन्सिलले पत्रकार आचारसंहिताको दायरामा बस्न ध्यानाकर्षण गराएको छ ।

काउन्सिलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नियमित अनुगमनका क्रममा पेसागत आचरण र मर्यादाविपरीतका क्रियाकलाप तथा सामग्री सम्प्रेषणका घटना बढ्दो क्रममा रहेको उल्लेख गरेको छ।

अनलाइन समाचार पोर्टल दर्ता गरे पनि समाचार सामग्री प्रकाशन नगरी युट्युब च्यानल, फेसबुक पेज तथा रिलमार्फत भ्युज र मोनिटाइजेसन केन्द्रित तथ्यहीन, झैझगडा तथा गालीगलौजपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य बढ्दै गएको काउन्सिलले जनाएको छ।

यस्ता गतिविधिले समग्र पत्रकारिता क्षेत्रको गरिमा, विश्वसनीयता र स्थापित मर्यादामा गम्भीर नकारात्मक प्रभाव पारेको काउन्सिलको ठहर छ।

काउन्सिलले पत्रकारिता पेसाको संवेदनशीलतालाई मनन गर्दै सत्य, तथ्य, निष्पक्ष, सन्तुलित र जिम्मेवार पत्रकारिताको अभ्यास गर्न सबै सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?