काठमाडौं । ओटीटी प्लाटफर्म डिगो सरकारबाट इजाजत पाउने नेपालको पहिलो ओटीटी सेवा प्रदायक बनेको छ । डिसहोम डिजिटल प्रालि अन्तर्गत सञ्चालित यो ओटीटीले सोमबार इजाजत पाएको सूचना तथा प्रसारण विभागले जनाएको छ ।
१ करोड दस्तुरसहित कागजी प्रक्रिया पुर्याएर डिगोले इजाजत पत्र बुझेको जनाइएको छ । नेट टिभी प्रालि र एनसेलले पनि इजाजतका लागि निवेदन दिएका छन् ।
ओटीटीलाई कानूनी दायरामा ल्याउने योजनासहित सरकारले हालै राष्ट्रिय प्रसारण नियमावलीको संसोधन राजपत्रमा प्रकाशित गरेको थियो । डिगोले अहिले फिफा विश्वकप २०२६ पनि लाइभ स्ट्रिमिङ गरिरहेको छ ।
यसबाहेक, यो ओटीटीले फिल्म, वेब सिरिज, टिभी कार्यक्रम, लाइभ, खेलकुद, डकुमेन्ट्री लगायतका डिजिटल सामग्री पनि देखाउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4