९ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकाल र स्वकीय उप–सचीव प्रकृति ढकाल रास्वपाको चितवन महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।
पाल्पा स्थायी ठेगाना रहेका सुदीप ढकाल यस अघि समानुपातिक उम्मेदवारको खस आर्य क्लसटर्को दोश्रो नम्बर रहेता पनि सांसद बन्नबाट रोकिएका थिए ।
त्यस्तै लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेकी प्रकृति ढकाल चितवन बासी हुन् ।
रास्वपाको महाधिवेशन चितवनमा जारी छ । आजैबाट बन्द सत्र सुरु हुने बताइएको छ ।
हिजो सुरु हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण अघि बढ्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4