+
+
Shares
रास्वपा महाधिवेशन :

बन्दसत्रमा रविको चेतावनी- यसलाई भोट दिनु, उसलाई नदिनु भन्ने रास्वपा होइन

‘तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, तपाईँको कुरा हो,’ सभापति लामिछानेले भने, ‘तर, यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १५:४४

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट बन्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भर्खरै सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले गुटउपगुटले सही परिणाम नदिने बताएका हुन् ।

‘साथीहरू हामीसँग पनि गुटउपगुट यस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ । फरक आउँदैन,’ लामिछानेले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।’

हिजोको शैलीले फरक परिणाम निकाल्ने दिवास्वप्न कसैले नसोच्न उनले आग्रह गरे ।

उनले गलत मनशायका साथ प्रतिनिधि ल्याइएको हुनसक्ने पनि आशंका व्यक्त गरे । ‘यदि गलत तरिकाले कसैले तपाईँलाई यो हलसम्म ल्याइदिएको छ भने त्यो कुरा त्यही रोक्नुस् । कसै मित्रले यहाँ सम्म महाधिवेशन प्रतिनिधि बनाएर ल्याएको छ भने उसलाई धन्यवाद दिनुहोला, भोट चाहिँ राम्रालाई दिनुहोला,’ उनले भने ।

जसले जिते पनि घण्टीबाहक जित्छ भन्ने आफूलाई विश्वास रहेको बताउँदै उनले आफू कसैको पक्षमा नरहेर ‘आइसोलेट’ बसेको पनि दाबी गरे ।

केन्द्रीय समितिमा जाने मानिस विवेकपूर्ण रूपमा छनोट गर्न महाधिवेशन प्रतिनिधिलाई उनले आग्रह गरे ।

‘गलत प्रवृत्तिको सानो बीउ रोपिन्छ भन्ने चिन्ता छ मलाई,’ उनले भने ।

पार्टीभित्र केही अफवाह सुनेको पनि उनले बताए । सँगै अरू कसैले भोट हाल भनेका आधारमा नदिन पनि उले आग्रह गरे ।

‘तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, तपाईँको कुरा हो,’ सभापति लामिछानेले भने, ‘तर, यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?