९ असार, काठमाडौं । नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले स्वदेशमा नै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन सरकारसँग माग गरेकी छिन् ।
मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
नेपाल जस्तो उपयुक्त वातारण भएको मुलुकमा वाह्य मुलुकलाई विद्यार्थीलाई पनि सरकारले उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकता उनले औंल्याइन् ।
‘मुख्यकुरा नेपालमा नै उच्च शिक्षा दिने वातवरण हाम्रा विद्यार्थीहरुलाई बनाउनु पर्यो । हाम्रो जस्तो पर्यटकीय, हाम्रो जस्तो वातावरण, हावापानी, आतिथ्यता, हाम्रो जस्तो विदेशीलाई माया गर्ने संस्कारमा बाहिरका विद्यार्थीहरुलाई नेपालमा ल्याएर पढाउने व्यवस्था कसरी बनाउन सकिन्छ, यसका लागि के गर्न सकिन्छ ? यसका लागि शिक्षा मन्त्रालयको कार्यक्रमहरु के छ ? म यसका लागि जानकारी लिन चाहन्छु,’ उनले भनिन् ।
प्रतिक्रिया 4