+
+
Shares

बैंकिङ कसुरका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

बैंकिङ कसुरमा १३ वर्षदेखि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १७:३५

९ असार, काठमाडौं । बैंकिङ कसुरमा १३ वर्षदेखि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चारित्रिक विल्डर्स प्रालिका सञ्चालक सविता कार्की छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । उनले चारित्रक विल्डर्स प्रालि खोली बनावटी कागजात तयार पारी हाउजिङ तथा निर्माण कार्य भनि कृतिम व्यसाय परियोजना खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्सबाट कर्जा लिएको आरोप छ ।

उक्त कर्जा परियोजनामा लगानी नगरी दुरुपयोग गरी बैंकिङ कसुरको गरेको आरोपमा २९ वैशाख २०७१ सालमा उच्च अदालत पाटनले उनलाई ८ करोड ५० लाख जरिवाना र तीन वर्ष कैदको फैसला सुनाएको थियो ।

त्यसयत उनी फरार हुँदै आएकी थिइन् । उनलाई गोकर्णेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि कारागार पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?