+
+
Shares

देशभरि साढे १० हजार निजी शिक्षण संस्था, बागमतीमा धेरै

सर्वेक्षण अनुसार सबैभन्दा धेरै शिक्षण संस्था बागमती प्रदेशमा सञ्चालनमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:२५

९ असार, काठमाडौं । देशभरि १० हजार ४ सय ११ निजी शिक्षण संस्था रहेको सरकारी सर्वेक्षणबाट देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१’ अनुसार यो संख्या सरकारी बाहेक निजी, सामुदायिक, गुठी लगायतबाट सञ्चालित विद्यालय, क्याम्पस र प्राविधिक–व्यावसायिक प्रशिक्षण केन्द्रको हो ।

सर्वेक्षण अनुसार सबैभन्दा धेरै शिक्षण संस्था बागमती प्रदेशमा सञ्चालनमा छन् । देशभरिका कुल संस्थामध्ये बागमतीमा २ हजार ९ सय ३ अर्थात् २८ प्रतिशत छन् । कोशीमा १९ हजार १७, मधेसा १८ हजार ९१, लुम्बिनी १ हजार ५ सय ५६, सुदूरपश्चिम ९ सय ७, गण्डकी ८ सय ६२ र कर्णालीमा सबैभन्दा कम ३ सय ७५ शिक्षण संस्था छन् ।

तथ्यांक अनुसार यस्ता शिक्षण संस्थामध्ये सबैभन्दा धेरै पूर्वप्राथमिक तथा आधारभूत तहका छन् । तिनको संख्या ४ हजार ५ सय २२ (४३ प्रतिशत) छ । माध्यमिक तह ४१ प्रतिशत (४ हजार ३ सय १९) र उच्च शिक्षा प्रदान गर्ने संस्था १२ प्रतिशत (१ हजार २ सय ६८) छ । प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने शिक्षण संस्था सबैभन्दा कम ३ प्रतिशत अर्थात् ३ सय १ छन् ।

कार्यालयले आर्थिक वर्ष २०८०/८१ लाई सन्दर्भ वर्ष मानेर सर्वेक्षण सञ्चालन गरेको थियो । सर्वेक्षणले सोही आवसम्मको अवस्था चित्रण गर्ने कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?