+
+
Shares

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:२९

९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिशोध र गैरकानुनी कामतर्फ अग्रसर भएको बताएका छन् ।

च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताएका हुन् । ‘त्यसरी यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो, गैरकानूनी हो,’ ओलीले भने ।

प्रतिशोध साँध्न पक्राउ गरिएका पौडेललाई रिहाइ गर्न माग गरेको छ । अध्यक्ष ओलीले पौडेललाई गिरफ्तारी गर्ने मात्र नभएर अरू काम पनि गैरकानुनी ढंगले गरिरहेका बताएका छन् ।

‘सरकार जसरी प्रस्तुत भइरहेको छ । हामी सडक र सदनबाट सशक्त भएर जवाफ दिन जरुरी छ,’ ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?