+
+
Shares

स्वर्णिमले दर्ता गराए केन्द्रीय सदस्यमा उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते २३:१०

९ असार, काठमाडौं । रास्वपा महाधिवेशन जारी छ । गत आइतबार चितवनमा उद्घाटन भएको महाधिवेशनको आज बन्द सत्र पनि सकिएको छ ।

बन्द सत्र सकिएसँगै अहिले केन्द्रीय सदस्य पदका लागि धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेको पार्टी निर्वाचन केन्द्रीय समितिले जनाएको छ ।

यसैबीच कानुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । उनी यसअघि पार्टीका उपसभापति हुन् ।

सभापति र वरिष्ठ नेता बाहेक अन्य पदमा आकांक्षीहरूको लर्को छ । स्वर्णिमले पदाधिकारीमा आफ्नो उम्मेदवारी कहाँ रहने भन्नेबारे खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?