९ असार, काठमाडौं । जेनजी उमेर समूहकी आकांक्षा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छन् ।
चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेमध्यमा आफू कान्छी उम्मेदवार रहेको उनको दाबी छ ।
युवाको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने र महिलाको नेतृत्वलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उनी बताउँछिन् ।
‘नयाँ पुस्तालाई सक्रिय राजनीतिमा प्रेरित गर्ने उद्देश्यका साथ मैले आफ्नो उम्मेदवारी दिएकी हुँ । राजनीति उमेरले होइन, सोच, क्षमता, इमानदारी र समर्पणले चल्छ,’ उनले भनिन्, ‘त्यसैले आज म युवा ऊर्जा, चार वर्षको संगठनात्मक अनुभव, र नयाँ राजनीतिक संस्कार स्थापित गर्ने अठोटका साथ उम्मेदवारी दिएकी छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4