+
+
Shares

मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : तपबहादुर मगर

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १२:४४

१० असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाईं सचेत गराए ।

उनले मानव अधिकारको सम्मान गरेर अघि बढ्ने काममा केन्द्रित हुन व्यवसायीहरूलाई पनि निर्देश गरे । अध्यक्ष मगरले आयोगको मानव अधिकारको उल्लंघन गरेमा दोषीलाई कारबाही गर्नका लागि सरकारलाई आवश्यक निर्देशन दिने पनि गरिरहेको बताए ।

उनले भने, ‘मानव अधिकारको संरक्षण, सम्वर्द्धन गर्ने काम सरकारको हो । सरकारले यसको व्यवस्था गर्नुपर्दछ । व्यवसाय सञ्चालन गर्दाखेरी कुनै किसिमबाट मानव अधिकार हनन हुन गएको छ भने त्यसको सरकारले निगरानी राख्नुपर्दछ ।’

उनले अगाडि भने, ‘व्यवसाय गर्ने विजनेसम्यानहरूले पनि आफनो विजनेस सञ्चालन गर्दा मानव अधिकारको हनन हुन दिनु हुँदैन । त्यसको सम्मान गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर व्यवसायीहरूले अघि बढ्नुपर्ने हुन्छ । त्यसो भएन भने कसरी मानव अधिकार हनन भयो ? भन्नेकुराहरू आउँछ । त्यसमा आयोगले हेर्नुपर्ने हुन्छ ।’

अध्यक्ष मगरले सरकारले कुनै पनि व्यवसाय सञ्चालन गर्न उपभोक्ताको मानव अधिकार हनन हुन दिन नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?