+
+
Shares

यी हुन् रास्वपा महामन्त्रीका आकांक्षीहरू ?

महामन्त्री पदमा ६ जना नेता आकांक्षी छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १४:४६

१० असार, चितवन । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ । महाधिवेनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचनका कार्यक्रम सुरु भइरहेका छन् ।

पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेतामा बालेन शाह पक्का भइसकेका छन् । अन्य पदमा भने आकांक्षीको लर्को नै लागेको छ । महामन्त्री पदमा ६ जना नेता आकांक्षी छन् ।

पार्टी संगठन विभाग प्रमुखसमेत हुने महामन्त्री पदका लागि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहित नेताहरू आकांक्षी छन् ।

हालका सहमहामन्त्री विपिन आचार्य, नेताहरू शिशिर खनाल, मनिष झा, गणेश पराजुली र भुवदेव शाह महामन्त्रीका आकांक्षी हुन् ।

रास्वपामा दुई महामन्त्री हुने व्यवस्था छ । नेतृत्व चयनका लागि आज मतदान हुने निर्वाचन आयोगले जनाएको छ । अहिले आकांक्षी भएकामध्ये भूपदेव शाह भने मनोनितबाट महामन्त्री बन्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?