१० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् ।
समूह ‘बी’ अन्तर्गत प्रतियोगिताबाट बाहिरिसकेको हाइटी र माेरक्काेकाे खेल एटलान्टा स्टेडियममा बिहान पौने ४ बजेबाट सुरु हुनेछ । सोही समयमा सोही समूहकै ब्राजिल र स्कटल्यान्ड मियामी स्टेडियममा भिड्नेछन् ।
उक्त समूहमा समान दुई खेल खेल्न खेलेका ब्राजिल र मोरक्कोको समान ४ अंक छ । स्कटल्यान्डको ३ अंक हुँदा हाइटी अंकविहीन छ । हाइटीबाहेक अन्य टोलीको भाग्य ती दुई खेलले निर्धारण गर्नेछ । समूह विजेतासँगै नकआउट चरण पुग्ने टोलीको पनि टुंगो लाग्नेछ ।
ब्राजिललाई रोक्ने दाउमा स्कटल्यान्ड
स्कटल्यान्ड र ब्राजिलले समूह ‘सी’ अन्तर्गत आफ्नो अन्तिम खेल खेल्दैछन् । यससँगै उनीहरूले विश्वकप इतिहासमा पाँचौं पटक एकआपसमा खेल्न लागेका हुन् । स्कटल्यान्डले आफ्नो पहिलो खेलमा हैटीलाई १–० ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा मोरक्कोसँग १–० को नतिजामा पराजित हुन पुग्यो ।

दुई खेलबाट ३ अंक जोडेको स्कटल्यान्डको इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्ने अवसर बाँकी नै छ । तर त्यसका लागि पाँच पटकको च्याम्पियन ब्राजिलले हराउनुपर्नेछ । मोरक्कोसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको ब्राजिलले दोस्रो खेलमा हाइटीमाथि ३–० को सानदार जित निकाल्दै आफ्नो लय फर्किएको छ ।
उक्त खेलमा स्कटल्याण्डले जित निकालेमा नकआउट चरणमा पुग्नेछ । हाइटीले मोरक्कोलाई रोकेको खण्डमा स्कटल्यान्ड समूह विजेता समेत बन्न सक्नेछ । ब्राजिलले स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा स्थान बनाउन दाउमा हुनेछ । जितमा ब्राजिल समूह विजेता पनि बन्न सक्छ । त्यो मोरक्कोको नतिजामा निर्भर रहनेछ ।
प्रतिष्ठाका लागि खेल्दै हाइटी, नकआउट पुग्ने दाउमा मोरक्को
मोरक्को र हाइटी फुटबल इतिहासमै पहिलो पटक एकआपसका खेल्दैछन् । नकआउट नजिक पुगेको मोरक्कोलाई रोक्ने प्रयासमा नकआउट दौडबाट बाहिरिएको हाइटी हुनेछ ।

सन् २०२२ मा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्कोले सन् २०२६ मा पनि उत्कृष्ट सुरुवात गर्दै अपराजित यात्रा कायम राखेको छ । उसले आफ्नो पहिलो खेलमा बलियो टोली ब्राजिलसँग १–१ को बराबरी खेल्यो भने दोस्रो खेलमा स्कटल्याण्डमाथि १–० को कठिन जित दर्ता गर्यो ।
स्कटल्याण्डसँग १–० र ब्राजिलसँग ३–० को हार ब्यहोरे पनि सन् १९७४ पछि पहिलो पटक विश्वमञ्चमा फर्किएको हाइटीले बहादुरीपूर्ण प्रदर्शन गरेको छ । क्यारेबियन टोली हाइटी प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर, मोरक्कोका लागि भने अझै धेरै कुरा दाउमा छ र यो खेलमा जित निकाल्दै मोरक्को अर्को चरणमा प्रवेश गर्न चाहन्छ । अर्काे खेलको नतिजा आफुअनुकुल आएमा मोरक्को समूह विजेता पनि बन्न सक्छ ।

समूह ‘सी’ को विजेताले नकआउट चरणमा समूह ‘एफ’ को उपविजेतासँग खेल्नेछ । उपविजताले हुनेले समूह ‘एफ’ को विजेतासँग खेल्नेछ । तेस्रो स्थानमा रहने टोली उत्कृष्ट आठमा परेर नकआउटमा पुगेमा उक्त टोलीले समूह ए, इ र आइमध्ये एउटा समूहका विजेतासँग खेल्ने समिकरण छ ।
प्रतिक्रिया 4