+
+
Shares

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : मतदानको समय फेरि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १८:५२

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी छ ।

जारी महाधिवेशनमा बन्द सत्र सकाएर अहिले निर्वाचन प्रक्रिया अघि बढेको छ ।

यसअघि साढे ७ बजे हुने भनिएको मतदानको समय फेरि सरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, बेलुकी साढे ८ बजेबाट मात्रै मतदान सुरु हुने भएको छ ।

मतदानका लागि ७५ वटा विद्युतीय मेसिन तयार पारिएको छ ।

केहीबेर अघि प्रवक्ता झाले गरेको ब्रिफिङ अनुसार, एक जना केन्द्रीय सदस्यका लागि ७ देखि १० मिनेट मतदानका लागि समय लाग्नेछ ।

केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि करिब ४ घण्टा समय लाग्ने जानकारी दिएको उनले बताए ।

त्यस्तै, मतदान सकिएको करिब २ घण्टामा नतिजा सार्वजनिक भइसक्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?