+
+
Shares

रास्वपा महाविधेशन : प्रतिनिधिको अन्तिम नामावली नआउँदै उम्मेदवारी दर्ता र नामावली सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते २०:२३

१०, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधीहरुको अन्तिम नामावली सार्वजनिक नहुँदै उम्मेदवारी दर्ता र उम्मेदवारको नामवली सार्वजनिक गरिएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले चौथोपटक संशोधन गरेर सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गर्ने भनिए पनि अन्तिम नामावली सार्वजनिक भइसकेको छैन ।

महाविधेशन प्रतिनिधीको संख्या यकिन भएर टुंगा नलाग्दै केन्द्रीय सदस्य पदहरूको उम्मेदवारी दर्ता र प्रारम्भिक नामावली भने सार्वजनिक गरिएको छ ।

उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने समय ६.३० बजे भनिएको थियो अहिलेसम्म उम्मेदवारको अन्तिम नामाबली पनि सार्वजनिक भएको छैन ।

राति ८.३० बजेदेखि ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?