+
+
Shares

रास्वपाले अघि सारेको शासकीय स्वरूपबारे दलहरूसँग प्रारम्भिक छलफल भएको छ : गौतम

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १३:०३

११ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं रास्वपा नेतृ सोबिता गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसंग पनि छलफल भएको बताएकी छिन् ।

बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताइन् ।

‘संविधान संशोधनसँग पनि जोडिएको विषय भएकाले संविधान संशोधनको व्यापक छलफल भइरहेको विषय हो, हामी दलहरूसँग पनि प्रारम्भिक रुपमा छलफल भएको विषय हो,’ उनले भनिन् ।

रास्वपाले प्रदेश सभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपसहित प्रस्ताव अघि सारेको थियो ।

गौतमले आफुहरुको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उल्लेख गरिन् ।

त्यस्तै गौतमले तीन दिनका लागि निर्धारित पार्टीको महाधिवेशन लम्विएका कारण पदाधिकारीको निर्वाचनपछि बिहीबार नै सम्पन्न गर्ने तयारी रहेको जानकारी गराइन् ।

रास्वपाको पहिलो महाधिवेशन भएको कारणले सबै कुरालाई सिकाइको रूपमा मात्रै लिएर अगाडि बढ्न खोजेको उनको भनाइ छ ।

उनले दोस्रो चरणको निर्वाचनमा आफुले पनि उम्मेदवारी दिने भन्दै उम्मेदवारी दिएपछि मात्रै आफूले पदको जानकारी दिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?