+
+
Shares

रास्वपा महाधिवेशन : २९५९ मत खस्यो, केहीबेरमा मतगणना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १३:१८

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ ।

केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो । अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोग स्रोतले बताएको छ ।

केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ ।

केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै पदाधिकारीको पनि मतदान गरिने जनाइएको छ ।

खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको मतदान हुने नेता मनिष झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?