+
+
Shares

च्याटजीपीटी बनाउने ओपनएआईले ल्यायो आफ्नै एआई चिप ‘जलापेनो’

कम्पनीले सेमिकन्डक्टर निर्माता ‘ब्रोडकम’सँग मिलेर यो चिप उत्पादन गरेको जनाएकाे हाे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १८:२९

११ असार, काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफैँले डिजाइन गरेको पहिलो एआई चिप ‘जलापेनो’ सार्वजनिक गरेको छ ।

कम्पनीले सेमिकन्डक्टर निर्माता ‘ब्रोडकम’सँग मिलेर यो चिप उत्पादन गरेको जनाएकाे हाे ।

यो नयाँ चिप च्याटजीपीटी, कोडेक्स, र भविष्यमा आउने अत्याधुनिक एआई एजेन्टहरूलाई सुरक्षित, भरपर्दो र तीव्र गतिमा चलाउने उद्देश्यले तयार पारिएको कम्पनीले जनाएको छ ।

अहिलेसम्म ओपनएआई आफ्ना मोडेलहरू चलाउनका लागि एनभिडिया जस्ता अन्य कम्पनीका चिपहरूमा निर्भर थियो ।

ओपनएआईका अनुसार, एआईको विकासका लागि चिपहरू सबैभन्दा महत्त्वपूर्ण आधार हुन् । आफ्नै चिप भएपछि कम्पनीले कम लागतमा धेरै मानिसहरूका लागि एआई सेवाहरू उपलब्ध गराउन सक्नेछ ।

याे कदमले विश्वव्यापी एआई बजारमा ठुलो परिवर्तन ल्याउने र एआई प्रविधिको पहुँचलाई अझ बढाउने विश्वास गरिएको कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?