+
+
Shares

अमरेशको चेतावनी : ‘लोकतन्त्र, संघीयता र समावेशितामा छेडखानी भए सशक्त प्रतिरोध हुन्छ’

जनकपुरधामबाट सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले नेपालको लोकतान्त्रिक व्यवस्था, सङ्घीय शासन प्रणाली र समावेशी चरित्रमाथि कसैले छेडखानी गर्न खोजे नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते २३:१८

१० असार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने दस्तावेज पारित भएपछि रास्वपाबाटै निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले लोकतन्त्र, सङ्घीयता र समावेशितामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
जनकपुरधामबाट सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले नेपालको लोकतान्त्रिक व्यवस्था, सङ्घीय शासन प्रणाली र समावेशी चरित्रमाथि कसैले छेडखानी गर्न खोजे नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।
उनले भने, ‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु— नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्।’

सांसद सिंहले नेपाली जनताको मुख्य चाहना सुशासन र समृद्धि रहेको उल्लेख गर्दै राजनीतिक दल र जनप्रतिनिधिहरूले त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए। ‘जनताले सुशासन र समृद्धि खोजेका छन्। हामी हरेक कदममा जनताको साथ हुनेछौं, उनले भने।

रास्वपाले आफ्नो प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने नीति दस्तावेज पारित गरेपछि त्यस विषयमा राजनीतिक वृत्तमा बहस सुरु भएको छ। रास्वपाले महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने दस्तावेज पारित गरेको थियो ।

रास्वपा र सरकारका गतिविधिप्रति आलोचनात्मक धारणा राख्दै आएका सिंह पार्टीको प्रथम महाधिवेशनमा पनि गएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?