+
+
Shares

समीक्षा बास्कोटाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी  

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १०:३१
सोविता गौतमसँग समीक्षा बास्कोटा (वायाँ)

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ समीक्षा बास्कोटाले उपसभापति पदको मनोनयन फिर्ता लिएकी छन् ।

उनले भरतपुरमा जारी रास्वपा महाधिवेशनमा दर्ता गरेको उपसभापति पदको मनोनयन फिर्ता लिएकी हुन् ।

बास्कोटाले उपसभापतिका लागि उम्मेदवारी दिएकी कानूनमन्त्री सोविता गौतमसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेकी छन् ।

‘कहिलेकाहीँ संस्थालाई अझ एकताबद्ध बनाउन र सही लयमा अघि बढाउन केवल दाबी गर्नुमात्र होइन, आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुन्छ,’ उनले भनेकी छन्, ‘यही विश्वासका साथ मैले उपसभापति पदमा उम्मेदवारी दिने आफ्नो निर्णय फिर्ता लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?