+
+
Shares

पानी नपर्दा सुस्त बन्यो असारे रोपाइँ, करिब १० प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपियो

देशका अधिकांश भागमा धान रोपाइँ सुरु नै हुन सकेको छैन भने कतिपय क्षेत्रमा पानीकै अभावले गर्दा किसानहरूले ब्याड समेत राख्न पाएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १७:०६

१२ असार, काठमाडौं । मनसुन सक्रिय भएको एक साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा देशभरि धान रोपाइँको गति सुस्त देखिएको छ । देशका अधिकांश भागमा धान रोपाइँ सुरु नै हुन सकेको छैन भने कतिपय क्षेत्रमा पानीकै अभावले गर्दा किसानहरूले ब्याड समेत राख्न पाएका छैनन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि महाशाखाको ८ असारसम्मको तथ्यांक अनुसार देशभरि ९.९७ प्रतिशत मात्रै रोपाइँ भएको छ । कुल १३ लाख ८१ हजार ४ सय ८८ हेक्टरमा धान खेती हुने लक्ष्य राखिएकोमा हालसम्म १ लाख ३७ हजार ७ सय ९८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

गत वर्षको सोही अवधिमा ९.६ प्रतिशत रोपाइँ भएको तुलनामा यस वर्षको अवस्था सामान्य सुधारिएको देखिए पनि मौसमी अनिश्चितताका कारण किसानहरू चिन्तित बनेका छन् । प्रदेशगत विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ भने लुम्बिनी प्रदेशमा १९.४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.३ प्रतिशत रोपाइँ भएको छ ।

गण्डकी र कोशी प्रदेशमा क्रमशः ८.८ र ८.३ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ भने मधेश प्रदेशमा हालसम्म ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । बागमती प्रदेशमा भने सबैभन्दा न्यून ३.२ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ । मधेश प्रदेशको पूर्ण विवरण अझै आउन बाँकी रहेको विचागले जनाएको छ ।

यसरी मनसुन सक्रिय भएर पनि पर्याप्त पानी नपर्दा र मौसमी प्रणालीमा देखिएको बदलीसँगै उत्पादनमा ह्रास आउन सक्ने जोखिमलाई ध्यान दिँदै यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा समेत ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ ।

सरकारले जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरण गर्न र सुख्खा सहन सक्ने प्रविधिको विकास एवम् प्रसारलाई प्राथमिकता दिँदै यस वर्षको महोत्सव मनाउने तयारी गरेको छ ।

प्रतिकूल मौसमका बीच पनि धान उत्पादन बढाउन र आत्मनिर्भरता हासिल गर्न जलवायु उत्थानशील जातका बीउ र नयाँ प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?