+
+
Shares

रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ?

रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते २०:४२

१२ असार, काठमाडौं । रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

अनलाइनखबरलाई प्राप्त परिणाम अनुसार महिला उपसभापतिका लागि भएको निर्वाचनमा सोबिता गौतमले जित हात पारेकी छिन् ।

गौतमले ७८९ मत प्राप्त गरेकी छिन् भने उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत प्राप्त गरे ।

सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् ।

त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छिन् । उनले ७ सय ३७ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?