+

मौलिक तथा परम्परागत खेल प्रतियोगिता हुने

२०८३ असार  १२ गते २०:२८ २०८३ असार १२ गते २०:२८

१२ असार, काठमाडौं । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ ।

काठमाडौं महानगर –७ स्थित सिफलमा आयोजना हुने सो प्रतियोगितामा ६ खेल समावेश गरिएका छन् । डण्डिबियो, बाघचाल, बुद्धिचाल, रस्साकस्सी, घैटौ फोर र सटपुट समावेश गरिएका छन् ।

दुईदिने प्रतियोगिता अन्तर्गतका बाघचाल र बुद्धिचाल भने थापाथली चेस पार्कमा आयोजना हुने छ ।

नेपाली खेलकुदको विकास र संस्कृति रक्षा दुवै विषयमा यो खेल महोत्सव लाभदायक हुने अपेक्षा गरिएको छ ।

खुला स्पर्धा भएका कारण बुद्धिचालमा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

मौलिक खेल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय