+
+
Shares

हाम्रा क्रियाकलाप र अभिव्यक्तिले कोही पनि त्रसित हुन हुँदैन : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते २०:३१

१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने बताएका छन् ।

पार्टीको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका लामिछानेले शपथपछि गरेको सम्बोधनको क्रममा आएका प्रशनहरूको रचनात्मक रुपमा सामना गर्नुपर्ने बताए ।

‘हाम्रा राजनीतिक क्रियाकलाप, राजनीतिक अभिव्यक्ति, राजनीतिक उपस्थितिले देशका प्रबुद्ध, देशप्रेमी, नागरिक समाज, सञ्चार जगत, अन्तर्राष्ट्रिय जगत, राजनीतिक वृत्त कोही पनि भयभित र त्रसित हुन हुँदैन,’ लामिछानेले भने, ‘किनभने प्रश्न आउँछन्, प्रश्नबाट भाग्ने होइन त्यसलाई रचनात्मक रुपमा सामना गर्दै जनतालाई आश्वस्त पार्ने जिम्मा हाम्रो हो ।’

उनले लोकतन्त्रका आधारभूत सिद्धान्त छन, कयौं संस्था भत्कन दिन नहुने जिकिर गरे ।

‘लोकतन्त्रका आधारभूत सिद्धान्त छन, कयौं संस्था छन् । तिनलाई भत्कन दिन हुँदैन । शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहेर हामीले ती संस्थाको सम्मान गर्न जानेनौं र मतको बलमा हिजोका शासकले गरेजस्तो गलत अभ्यास गर्‍यौं भने त्यो दुर्घटनामा जानेछ,’ लामिछानेले भने, ‘त्यो दुर्घटनामा गयो भने त्यसले पार्टीलाई मात्रै होइन, सिंगो देश र पुस्तालाई क्षति हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?