१३ असार, महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक सातामा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
कञ्चनपुर प्रहरीले ६ असारदेखि १२ असारसम्म २३ पुरूष र एक महिलालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पक्राउ परेकाहरूबाट १७.१६८ ग्राम खैरो हेरोइन बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार प्रहरीले पक्राउ परेकाहरूबाट १५ एम्पुल प्रोमेथोजिन हाइड्रोक्लोराइड इन्जेक्सन र १५ एम्पुल बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन बरामद भएको छ ।
कञ्चनपुर प्रहरीले केही दिनअघि भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको थियो ।
जैरू गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर १८ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4