News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को छनोट खेलमा कंगो डीआरले उज्बेकिस्तानविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।
- खेलको दशौं मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
- ६८ औं मिनेटमा योवान विसाले पेनाल्टीमार्फत बराबरी गोल गरेपछि ७८ औं मिनेटमा फिस्टन मायेलेले विजयी गोल गरेका हुन् ।
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले शानदार कमब्याक गरेको छ ।
१० मिनेटभित्र दुई गोल गर्दै कंगोले अग्रता कायम गरेको हो ।
७८ औं मिनेटमा फिस्टन मायेलेले गोल गर्दै कंगोलाई अग्रता दिलाएका छन् ।
यसअघि १० मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि लामो समय गोल नहुँदा उज्बेकिस्तान १–० गोलअन्तरले अगाडि थियो ।
तर, खेलको ६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेपछि कंगोले बराबरी गरेको थियो ।
प्रतिक्रिया 4