१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीच जारी खेल २–२ को बराबरीमा पुगेको छ । पहिलो हाफमा १–१को बराबरी खेलेका दुवै टोलीले गोल थप गरेका छन् ।
अस्ट्रियाका लागि खेलको ५५ औं मिनेटमा मार्सल सबिट्जरले गोल हानेर टिमलाई २–१को अग्रता दिलाएका थिए । तर, ५ मिनेटमै अल्जेरियाका रिहाद महरेजले बराबरी गोल फर्काए ।
त्यसअघि अस्ट्रियाले २८ औं मिनेटमा अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
प्रतिक्रिया 4