+
+
Shares

मन्त्रीको सचिवालय संख्या बढाउने तयारीबारे सरकारसँग जवाफ माग

सरकारले मन्त्रीको सचिवालय संख्या बढाउने तयारी गरेको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मन्त्रीको सचिवालयमा कर्मचारी संख्या बढाउने तयारी गरेको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ ।
  • नेकपा एमालेका सांसद पुष्पराज कँडेलले सचिवालय संख्या बढाउने तयारीलाई 'नीतिगत भ्रष्टाचारको नमुना' भन्दै सरकारको आलोचना गरेका छन् ।
  • विपक्षी दलका सांसदहरूले सरकारले मन्त्रीको सचिवालयमा नौ जनासम्म सल्लाहकार र निजी सचिव राख्न लागेको विषयमा स्पष्टीकरण माग गरेका छन् ।

१४ असार, काठमाडौं । सरकारले मन्त्रीको सचिवालय संख्या बढाउने तयारी गरेको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ । विपक्षी दलहरूले मन्त्रीको सचिवालय बढाउने तयारीको आवश्यकता र औचित्ययता खोजेका हुन् ।

नेकपा एमालेका सांसद पुष्पराज कँडेलले मन्त्रीको सचिवालय संख्या बढाउने तयारीलाई नीतिगत भ्रष्टाचारको संज्ञा दिएका छन् ।

‘एउटा मन्त्रीले ९ जनासम्म सचिवालयमा राख्ने सल्लाहार र निजी सचिव भनेर राख्ने भनेर भनिएको छ’ कँडेलले भने, ‘त्यो के हो, त्यसको वास्तविकता के हो ? यदि साँच्चै हो भने त्यो नीतिगत भ्रष्टाचारको नमुना हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?