News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले मूल्य अभिवृद्धि करमा बहुदरको व्यवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीहरूको दबाबका कारण यस वर्ष बहुदरको विषयमा बहस चलाउने जानकारी दिनुभयो ।
- समितिको सुझावका आधारमा राष्ट्रहितलाई ध्यानमा राखेर आगामी निर्णय गरिने अर्थमन्त्रीले संसदमा उल्लेख गर्नुभयो ।
१४ असार, काठमाडौं । मूल्य अभिवृद्धि करमा बहुदरबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति बनाउने भएको छ । संसदमा आर्थिक विधेयकमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
सो समितिले दिएको सुझावका आधारमा मुलुकको हितमा जे गर्दा उपयुक्त हुन्छ, सोही अनुसार गरिने उनले बताए । अर्थमन्त्रीले भ्याटमा बहुदरमा जाँदा राज्य इमानदार नभएको अवस्थामा उच्च दरबाट तल्लो दरमा घटाउन लबिइङ हुने सम्भावना रहने तर्क आएको समेत बताए ।
यसले कुशासन हावी भएको बेला थेग्न नसकिने पक्षमा तर्क देखिएको उनले बताए । तर, व्यवसायीबाट बहुदरमा जान दवाव आइरहेको उनले जानकारी दिए । यस वर्ष बहुदरमा बहस चलाउने योजना रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4