News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'पार्वती'को 'नौतुना रेलैमा' शीर्षकको पहिलो रत्यौली गीत सार्वजनिक भएको छ ।
- नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको फिल्ममा दीपाश्री निरौला, अञ्जली अधिकारी र अशोक दर्जीलगायत कलाकारले अभिनय गरेका छन् ।
- गीतमा हर्क साउदको शब्द र दीपक शर्माको संगीत रहेको छ भने नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन् ।
काठमाडौँ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन् ।
रत्यौलीलाई भिडियोमा रमाइलो पारामा प्रस्तुत गरिएको छ । भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन् । उनीहरूबीचको रमाइलो भिडियोमा हेर्न सकिन्छ ।
गीतलाई रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका हुन् भने शब्द रचना हर्क साउदको छ । दीपक शर्माको संगीत रहेको यस गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् ।
भाका र शब्द निकै सुन्दर छन् । नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् । नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं छिन् ।
नीताका साथमा फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको मुख्य अभिनय छ । पटकथा शिवम अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन निर्देशन छ । निर्मातामा हरिहर अधिकारी छन् ।
प्रतिक्रिया 4