+

स्वस्तिश्री गुरुकुल स्कुलको फुटबल टोली फ्रान्स जाने

२०८३ असार  १४ गते २२:०३ २०८३ असार १४ गते २२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले फ्रान्सको पेरिसमा हुने वर्ल्ड गेम्सका लागि आफ्नो फुटबल टोलीलाई औपचारिक बिदाइ गरेको छ ।
  • टोलीमा साक्षत नेपालसहितका सात खेलाडी र प्रशिक्षक पुष्प बिष्ट रहेका छन् ।
  • असार २३ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि खेलाडीहरू २१ गते फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

१४ असार, काठमाडौं । स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलको फुटबल टोलीले फ्रान्सको पेरिसमा हुने पेरिस वर्ल्ड गेम्समा सहभागिता जनाउने भएको छ ।

यही असार २३ गतेदेखि सुरु हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने आफ्नो फुटबल टोलीलाई स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले आइतबार शुभकामनासहित बिदाई गरेको छ ।

फ्रान्स जाने टोलीमा साक्षत नेपाल, वाङदु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र लिसान श्रेष्ठ छन् । टिम प्रशिक्षकमा पुष्प बिष्ट (ज्वाला) छन् ।

स्वस्तिश्री गुरुकुलको फुटबल टोली यही असार २१ गते फ्रान्स जाने छ । पेरिस वर्ल्ड गेम्स अन्तर्गत फुटबल खेलको प्रतिस्पर्धा जुलाई ७ देखि १० सम्म हुने छ ।

पेरिस वर्ल्ड गेम्स खेल्न जाने टोलीलाई फ्रान्स दूतावासकी डेपुटी चिफ अफ मिसन एल्सा क्याली, विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार, प्रबन्ध निर्देशक मिना महर्जन, प्रिन्सिपल नेहा केसीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेको स्वस्तिश्री फुटबल टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै उत्कृष्ट प्रदर्शनका लागि हौसला प्रदान गरेका थिए ।

पेरिस वर्ल्ड गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय