News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला टी-२० विश्वकपको समूह चरण सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
- पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र वेस्ट इन्डिज भिड्ने छन् भने दोस्रो खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
- अन्तिम खेलमा भारतलाई हराउँदै अस्ट्रेलिया समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ भने भारत प्रतियोगिताबाट बाहिरिएको छ ।
१५ असार, काठमाडौं । इंग्ल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति समूह चरणका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।
समूह ए बाट अस्ट्रेलिया ५ खेलमा ५ जितसहित समूहविजेता बन्यो । ४ जित निकालेको दक्षिण अफ्रिका उपविजेता बन्यो ।
यस्तै समूह बी बाट इंग्ल्यान्ड ५ खेलमा ५ जितसहित विजेता बनेर सेमिफाइनल पुग्दा वेस्ट इन्डिज ३ जितसहित उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।
गएराति भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गर्दै अपराजित यात्रा कायमै राख्यो । भारत भने उक्त हारका कारण बाहिरियो ।
भारत बाहिरिँदा दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो ।
अब पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र वेस्ट इन्डिज खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्ने छन् ।
प्रतिक्रिया 4