News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा बैठकमा सांसद मिना सिंह रखालले धान दिवसका अवसरमा शुभकामना दिँदै समयमै मल र बिउ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् ।
- उनले किसानले धानको बिउ समेत राख्न नपाएको पीडा सुनाउँदै कृषि प्रधान देशमा मल र बिउको अभावले उत्पादन घट्ने चिन्ता व्यक्त गरिन् ।
- पानीको अभाव र अत्यधिक वर्षाका कारण किसान समस्यामा रहेको उल्लेख गर्दै उनले कृषि उत्पादन र आयमा पर्ने नकारात्मक असरप्रति सरकारलाई सचेत गराइन् ।
१५ असार, काठमाडौं । नेकपा एमालेकी सांसद मिना सिंह रखालले किसानले धानको बिउ समेत राख्न नपाएको बताएकी छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले धान दिवसको अवसरमा शुभकामना दिइन् । तर, दिवस मनाइरहँदा किसानले धानको बिउ समेत राख्न नपाएको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।
कतै पानीको अभाव रहेको कतै अध्याधिक वर्षाका कारण समस्या भएको भनेर उनले किसानको पीडा सुनाएकी हुन् ।
कृषि प्रधान देश मात्रै भनेर नहुने भन्दै उनले समयमै मल र बिऊ कोउपलब्धता हुनुपर्ने बताइन् । अन्यथा उत्पादन घट्ने र किसानको आयमा असर पर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4