+
+
Shares

विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘रत्यौली’ आगामी फागुन २१ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ ।
  • मुस्कान ढकालद्वारा निर्देशित यस फिल्ममा मुख्य कलाकारका रूपमा विजय बराल र पूजा शर्मा अनुबन्धित भएका छन् ।
  • महाशिवरात्री र नारी दिवसको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको वितरक करण श्रेष्ठले जानकारी दिनुभएको छ ।

काठमाडौं । अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’ को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म फागुनको २१ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुने निर्माणपक्षले जनाएको छ ।

सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । यो फिल्ममा अभिनेता विजय बराल र पूजा फाइनल भइसकेका छन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौ महिनाबाट सुरु हुँदैछ ।

फिल्मको पोष्टर सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो । यो फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन् ।

महाशिवरात्री र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको करणले बताएका छन् । सामाजिक कथावस्तुमा तयार हुने यो फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?